महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका एक किशोर सम्पर्क विहिन भएका छन् । पालिकाको वडा नम्बर १० निवासी १९ वर्षीय पुष्कर कलौनी फागुन १० गते साँझ बाट सम्पर्क विहीन भएका हुन्। परिवारका अनुसार उनी सुस्त मनोस्थिती भएको र लठ्याङ्ग्री गरेर हिँड्ने बताए ।
परिवारजन अत्यन्त चिन्तित छन् र उनलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। पुष्कर सम्पर्क विहीन हुँदा होलीको टी सर्ट लगाएका थिए । उनी सामान्यतया घर वरपर घुमफिर गर्ने गर्दथे, तर उक्त दिन घरबाट निस्केपछि अहिलेसम्म फेला परेका छैनन्।
परिवारका सदस्य तथा स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य जारी राखेका छन्। परिवारले प्रहरी प्रशासनलाई पनि जानकारी गराएको छ र सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
यदि कसैले पुष्करलाई देखेमा वा कुनै जानकारी पाएमा तत्काल परिवार वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध छ।
सम्पर्क व्यक्ति ः भुबन कलौनी दाइ सम्पर्क नम्बर ः ९८६९८००५६८
Comments are closed.