महेन्द्रनगर । कञ्चनपुरमा रहेको सार्क एजुकेशन फाउन्डेशनले एसइइ दिने परीक्षार्थीहरूलाई उच्च अंक ल्याउन प्रेरित गर्न साइकल रयालीको आयोजना गर्ने भएको छ ।
“प्याडल फर बेटर जिपिए” नारासहितको विद्यार्थीहरूलाई असफलताको डरबाट मुक्त गराउन र उत्कृष्ट नतिजा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रमुख राजेश भण्डारीले बताउनु भयो ।
सार्क कलेजबाट सुरु भई दोधारा बाबाथानसम्म पुग्ने यस साइकल रयालीमा विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी तथा शैक्षिक अभियन्ताहरूको सहभागिता रहने जानकारी दिनुभयो ।
आयोजक समितिका अनुसार यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई सबै विषयमा उत्तीर्ण भई राम्रो अंक ल्याउने प्रेरणा प्रदान गरिने छ । कार्यक्रम प्रमुख भण्डारीका अनुसार, “यो रयालीले विद्यार्थीहरूलाई परिश्रम, निरन्तरता र सकारात्मक सोचको महत्व बुझाउनेछ ।
नन ग्रेडेटको चिन्ताले भविष्य बिग्रन सक्ने हुँदा सबै विषयमा उत्तीर्ण हुन आवश्यक रहेको सन्देश दिन खोजिएको हो।” साइकल ¥यालीले विद्यार्थीहरूलाई दवाव मुक्त वातावरणमा परीक्षाको तयारी गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.