कञ्चनपुरमा एक महिला बन्यजन्तुको अखेटोपहारसहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा अखेटोपहारसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–७ सिमपुर स्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तुको अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले शुक्रवार

प्रमोद डगौराको घरमा खानतलासी गर्दा चितुवाको सानो, ठुलो छाला ४ थान, जरायोको सानो, ठूलो सिंङ ४ थान, बदेलको बङ्गारा २ थान, बन्यजन्तुको सानो खुट्टा ३ थान, बन्यजन्तुको सानो बङ्गाराको टुक्राहरु ३ थान, फलामको चेन बाधेर बनाईएको फलामको पासो ३ थान,

प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली ७ थानसहित प्रमोद डगौराको श्रीमती ४० वर्षीया शान्ती चौधरीलाई पक्राउ गरेको छ।

सम्बन्धित

Comments are closed.