भारतीय व्यापार मण्डलका पदाधिकारी पुगे कञ्चनपुर पर्यटन महोत्सवमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवलाई छिमेकी मुलुक भारतका व्यापारी तथा उद्योगी व्यवसायीहरुले समेत अवलोकन गरेका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४, महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको महोत्सवमा भारत उत्तराखण्ड व्यापार मण्डलका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।

शनिबार भारतीय उद्योगी व्यवसायीहरुले मेला अवलोकन गरेका हुन्। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले महोत्सवमा भारतीय उद्यमी तथा व्यवसायीहरुको उपस्थिति गौरवको विषय भएको बताए। महोत्सवकै अवसरमा उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराजको उपस्थिति रहेको हुँदा भारतीय व्यापारी तथा दर्शकहरुको आकर्षण अझ बढेको उनले उल्लेख गरे।

महोत्सव अवलोकन गर्दै उत्तराखण्ड व्यापार मण्डलका अध्यक्ष नविनचन्द्र बर्माले नेपाल(भारत व्यापार प्रवर्द्धनका साथै कला तथा संस्कृतिको आदान(प्रदानमा यस्तो महोत्सव महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

नेपाल सुदूरपश्चिम र भारत उत्तराखण्डबीच समान सांस्कृतिक विशेषता भएकाले यसले व्यापार तथा पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने उनले बताए। साथै, भारतीय व्यवसायीहरुले नेपाली उत्पादनको प्रशंसा गर्दै तिनको बजार प्रवर्द्धन आवश्यक रहेको औंल्याए। कञ्चनपुर उद्योग वाणिज्य संघले भारतीय पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

‘कृषि, उत्पादन र स्वरोजगारस् आर्थिक समृद्धिका आधार’ भन्ने मूल नाराका साथ आयोजित १६औँ संस्करणको महोत्सव विभिन्न व्यवसायिक तथा सांस्कृतिक गतिविधिबाट सम्पन्न भइरहेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराका अनुसार संघले सन् २००० ९वि।सं। २०५७० देखि हालसम्म १६ औं संस्करणमा महोत्सव आयोजना गरिसकेको छ।

 

सम्बन्धित

Comments are closed.