महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सन वरिष्ठ उपाध्यक्षमा श्याम सिह मौनी चयन भएका छन् । एन प्याब्सनको काठमाडौंमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट मौनी वरिष्ठ उपाध्यक्ष भएका हुन् ।
उनी निवर्तमान समिति केन्द्रीय समितिमा उपाध्यक्ष थिए । काठमाडौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएर उनी एन प्याब्सन केन्द्रीय नेतृत्व नजिक पुगेका छन् । वरिष्ठ उपाध्यक्ष मौनी अब एन प्याब्सन नेतृत्वको एक पद पछाडि मात्रै छन् । वरिष्ठ उपाध्यक्ष भएपछि मौनीले आफू केन्द्रीय नेतृत्व नजिक पुगेको बताए ।
‘जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष भएको छु, यो भनेको नेतृत्वको नजिक पुग्न हो’ उनले भने । लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल मौनी एन प्याब्सनमा स्थापनादेखि सक्रिय छन् । २०६४ मा एन प्याब्सन बनेपछि कञ्चनपुर सचिव हुँदै अघि बढेका उनी १७ वर्षपछि वरिष्ठ उपाध्यक्ष भएका हुन् ।
कञ्चनपुर सचिवपछि उनले जिल्ला अध्यक्ष भएर एन प्याब्सन हाँकेका छन् । त्यसपछि केन्द्रीय सदस्य, केन्द्रीय सचिव भएका उनी सातौ महाधिवेशनबाट उपाध्यक्ष भएका भएका थिए । मौनीले एन प्याब्सन सुदूरपश्चिम प्रदेशको नेतृत्व समेत गरि सकेका छन् ।
एन प्याब्सनमा उनी सरल, मिलनसार र प्रष्ट वक्ताका रुपमा परिचित छन् । अरुका कुरा सुन्ने, थोरै बोल्ने र तत्काल निर्णय लिन सक्ने क्षमता उनीसित छ । एन प्याब्सन आठौं महाधिवेशनबाट कञ्चनपुरका मौनी सहित अन्य प्रतिनिधि केन्द्रीय समिति आएका छन् । एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द केन्द्रीय उप महासचिव भएका छन् ।
उनी निवर्तमान समितिमा केन्द्रीय सदस्य थिए । केन्द्रीय समितिमा डिडि अवस्थी, दिपक भट्ट र झंकर राज जोशी केन्द्रीय सदस्य भएका छन् । केन्द्रीय समितिमा प्रकाश बहादुर पाण्डेय र डा। भोजराज पन्त सल्लाहकार भएका छन् । केन्द्रीय अधिवेशनले बीर बहादुर चन्द बीबीसीलाई सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाएको छ । चन्द यस अघि प्रदेश समितिमा कोषाध्यक्ष थिए ।
Comments are closed.