महेन्द्रनगर । कञ्चनपुरमा ठेकेदारले सडक अलपत्र पारेपछि वडाअध्यक्ष आफै आन्दोलनमा उत्रिएका छन । कृष्णपुर नगरपालिका २ बंकदेखि दोमिल्ला हुँदै नायल सडक अलपत्र पारेपछि वडाध्यक्ष अर्जुन सिह साउद आफै आन्दोलनमा उत्रिएका हुन ।
एक साता अघि उक्त सडक निर्माणको माग अघि सारेर पूर्वाधार विकास कार्यालयमा अल्टिमेटम दिएका वडाध्यक्ष साउदले आइतबारदेखि सडकमै कार्यालय राखेर जनतालाई सेवा प्रवाह गरिरहेका छन । चार बर्ष अघि सन्तोषी थेगिम जेभीले उक्त सडक कालोपत्रेको ठेक्का पाएपनि हालसम्म निर्माण गर्न नसक्दा सडक बिग्रीदै गएकाले सर्वसाधारण जनतालाई आवात जावतमा समस्या परेको भन्दै वडाध्यक्ष साउदले सडक शुरुवात बिन्दु बंकमै टेबुल राखेर सेवा प्रवाह गरिहेका छन ।
‘मैले व्यक्तिगत र वडा कार्यालयका तर्फबाट यथाशिघ्र सडक निर्माणका लागि पटक पटक सम्बन्धी निकायको ध्यानाकर्षण गराएको थिए, ‘उनले भने, ‘चासो नै दिएनन, अहिले सडक शुचारुका लागि दवावमुलक नयाँ शैली अपनाएर आन्दोलनमा उत्रिएको छु, अहिले सडकबाटै सेवा प्रवाह गरिरहेको छु यो केही दिन निरन्तर चल्छ ।’ वडाध्यक्ष साउदले आफ्नो जिम्मेबारीमा आउने सबै काम सडकमै टेबुल राखेर काम गरिरहेका छन ।
‘मै अब यो सडक शुचारुको शुनिश्चिता नहुँदासम्म यसरी सडकमै बसेर कार्यालय चलाउँछु, ‘वडाध्यक्ष साउदले भने, ‘यो हाम्रो अभियानमा जनताको समेत साथ सर्मथन छ ।’ वडाअध्यक्ष साउदले विकासका लागि अघि सारेको दवावमुलक सृजनात्मक आन्दोलनमा स्थानीयले समेत साथ सर्मथन दिएका छन ।
स्थानीय रविन्द्र लुहारले सरकारबाट ठेक्का पाएरपनि काम नगर्ने प्रवृति उपज बाध्य भएर जनप्रतिनिधीले सडकमै कार्यालय राखेर काम गर्नुपर्ने बाध्यता आएको बताए । ‘वडाध्यक्ष ज्यूले विकास निर्माणका लागि अघि सारेको आन्दोलन सृजनशिल छ, ‘उनले भने, ‘अब आन्दोलन अरुलाई बाधा पारेर होईन दवाव सृजना गर्ने खालकै हुनुपर्छ ।’
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले उक्त ७ किलोमिटर सडक खण्ड निर्माणका लागि कार्यालयबाट निर्माण कम्पनीलाई पत्राचार गरिरएको बताए । ‘ठेकेदारले ठेक्का लिएदेखि यथाशिघ्र काम गरेन, ‘उनले भने, ‘आगामी ०८२ चैत्रसम्म म्याद भएकाले अहिले नै ठेक्का तोडेर अर्कोलाई दिन पनि समस्या हुन्छ, हामीले तारन्तार ताकेता गरेका छौँ, ठेकेदारले थप एक साता समय मागेको छ, समयमै काम गर्न नसके हामीले पनि अर्को एक्सन लिन बाध्य हुनेछौँ ।’
पहिलो पटक २०साउन ०७७मा ठेक्का भई २०बैशाख ०८१मा सकिएको थियो । पहिलो पटक ३० चैत्र ०८२सम्म म्याद थप भएपनि सडक निर्माण कार्य पुरा भएको छैन ।
उक्त सडकको प्रगति ३५ प्रतिशत मात्रै भएको छ । झण्डै ११ करोड ८६ लाख रुपैयामा ७ किलोमिटर कालोपत्रे सडक निर्माण चार बर्षदेखि अलपत्र पारेपछि स्थानीय समेत हैरान भएका छन ।
Comments are closed.