महेन्द्रनगर । डडेल्धुराका युवा गायक प्रज्वल कार्कीले फेरी लोकप्रिय फ्रेन्चाइच रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा तहल्का मच्चाएका छन् । शनिवार भएको ब्याटलमा उनको गायकीको चारै जना कोचले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
कोच खेम सेन्चुरीको टिममा रहेका डडेल्धुराका २२ वर्षीय प्रज्वल कार्कीले शानदार प्रस्तुति दिए पछि वरिष्ठ गायक, संगितकार उदय सोताङले फाईनल सम्म पुग्ने सम्भावना बोकेको बताएका छन् । उनले जब गायक नरेन्द्र प्यासीको गित तिमिले दिने माया अजम्वरी छ भने गाएपछि अन्य कोचहरुले पनि प्रज्वल कार्कीको प्रस्तुतीको प्रशंसा गरेका थिए ।
जब गित समाप्त हुन्छ तव कार्यक्रमका उदघोषले कोचहरुलाई अगाडी कुन प्रतियोगिलाई लैजानु हुन्छ ? भनेर गरेको प्रश्नमा अन्य ३ कोचले प्रज्वल कार्कीको नाम लिएका थिए । ब्लाईन्ड अडिसनमा पनि आफनो प्रस्तुतिले सबैलाई चकित पार्दै चारै कोचको कुर्सी घुमाएका थिए ।
जिल्लाको अमरगढी नगरपालिका–५ घर भएका प्रज्वल अहिले काठमाडौंमा बस्दै आएका छन् । उनी सानो उमेरदेखि गायनमा रुचि राख्दै आएका थिए । संगीतप्रति उनको गहिरो मोह छ, र उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिएका छन् ।
उनका लागि यस यात्रामा बुवा प्रेरणादायी स्रोत बनेका छन् । उनी हाल ३ महिनादेखि काठमाडौंमा संगीतको प्रशिक्षण पनि लिइरहेका छन् ।
Comments are closed.