कञ्चनपुरकी अमृतालाई आर्थिक अभावले गर्भ परीक्षणमा समस्या

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरी अपाङ्ग छिन। शारीरिक अपाङ्ग रहेकी अमृताका २ सन्तान छन्। उनका १० वर्षका छोरा र ६ वर्षकी छोरी छन्। उनीहरूको शिक्षा एक संस्थागत विद्यालयमा स–शुल्क हुँदै आएको छ।

आमा शारीरिक अपाङ्ग र बुवा दैनिक ज्यालादारीको काम गर्ने भएकाले विद्यालयले कम रकम लिने गरेको हो। अमृता फेरि गर्भवती छिन। उनको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशँका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्। तर, अमृतासँग पैसा छन्।

उनका श्रीमान दैनिक ज्यालादारीको काम गर्न धनगढी आउछन्। उनले परिवारको पालन पोषण गर्नु छ। आँखाको शल्यक्रिया गर्दा लिएको ऋणको मासिक १३ हजार किस्ता तिर्नुछ। उनीसँगै भिडिओ एक्सरे गर्न ८ सय रुपैयाँ पनि छैन।

आर्थिक अभावका कारण अमृताले भिडिओ एक्सरे गर्न पाएकी छैनन्। श्रीमानले धनगढीमा दैनिक ज्यालाबाट कमाएको रकमले उनीहरू चामल, दाल, नुन, तेल लगायतको सामान खरिद गरेर खाने गरेका छन्। उनीहरूको सम्मतिको नाममा पुनर्वासमा सानो घर छ। खेती गर्न जग्गा भने छैन। शारीरिक अपाङ्ग रहेकी अमृता गर्भवती भएकाले जङ्गल जान सक्दैनन्।

दाउरासमेत खरिद गरेर बाल्नुपर्ने अवस्था छ। रकम अभावका कारण उनको घरमा ग्याँस चुलो छैन। श्रीमान बिहान ५ बजे धनगढी आउछन्। साँझ ४ बजे बिदा हुन्छ। एक घण्टामा मात्र साइकलमा घर पुग्छन। आँखाको शल्यक्रिया गर्ने चिकित्सकले धुलो–धुवाबाट आँखा जोगाउन भनिएका थिए।

तर, परिवारको खाना खर्च जुटाउन काम गर्नै पर्ने अवस्था उनको छ। शल्यक्रियाको एक हप्ता घरमा बसेका उनका श्रीमान फेरि काममा जान थालेका छन्। श्रीमानले झिल्लीमा लिएको चामलले उनको परिवार गुजारा गर्दै आएको छ।

सम्बन्धित

Comments are closed.