वेदकोटमा पेसवानद्वारा १ हजार ३ सय १३ जना विद्यार्धीहरुलाई न्यानो कपडा वितरण

महेन्द्रनगर । वेदकोट नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडाहरु वितरण गरेको छ । फागुन १३ गतेदेखी १८ गते सम्म १ हजार ३ सय १३ जना विद्यार्धीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा संस्थाले विद्यार्थीहरुलाई ट्रयाक सुट,टोपी, गलबन्दी, मोजा,पञ्जाहरु वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । सोमवार पनि वेदकोट नगरपालिकामा रहेका ६ वटा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।

उक्त कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर लुहार रहेका थिए, भने प्रमुख अतिथीमा सुदूपश्चिम प्रदेश सदस्य आर्थिक माामिला मन्त्री बहादुर सिंह थापा रहेका थिए । यसैगरी विशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी रहेकी थिईन ।

वेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न मावी, वेदकोट नगर पालिका ६ मा रहेको भुवनेश्वरी मावी, वेदकोट नगरपालिका १० मा रहेको नवदुर्गा आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।

यसैगरी, वेदकोट नगरपालिकाम ४ मा रहेको वालज्योती मावी, वेदकोट ६ मा रहेको शिद्धनाथ मावी, वेदकोट ५ मा रहेको घटाल आधारभुत विद्यालय,र वेदकोट १ मा रहेको शिद्धनाथ आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए ।

यसैगरी संस्थाले फागुन १३ गते पनि वेदकोट ७ मा रहेको पशुपती आधासभुत, प्रेम सिंह धामी आधारभुत विद्यालय वेदकोट नगरपालिका ८ मा रहेको बैजनाथ मावी गैलनदीमा न्यानो कपडा वितरण गरेको थियो ।

संस्थाले मंगलवार पनि बेलडाँडी गाँउपालिकामा रहेका ५ वटा सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गर्ने भएको छ । सुदूरपश्चिमका ३ वटा जिल्ला डडेल्धुरा कञ्चनपुर कैलालीमा अहिले संस्थाले काम गरिरहेको छ ।

 

सम्बन्धित

Comments are closed.