पेसवानद्वारा बेलडाँडीमा ४ सय १२ जना विद्यार्धीहरुलाई न्यानो कपडा वितरण

महेन्द्रनगर । कञ्चनपुरमा रहेको पेशवान सामाजिक संस्थाले बेलडाँडी गाँउपालिकाका सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गरेको छ । मंगलवार गाँउपालिमा रहेका सामुदायिक विद्यालय मध्ये ५ वटा विद्यालयका ४ सय १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा संस्थाले विद्यार्थीहरुलाई ट्रयाक सुट,टोपी, गलबन्दी, मोजा,पञ्जाहरु वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । बेलडाँडी गाँउपालिका २ मा रहेको त्रिशुली आधारभुत विद्यालयमा ८५ जना विद्यार्थी, कञ्चन आधारभुत विद्यालयमा ६७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए ।

यसैगरी बेलडाँडी गाँउपालिका वार्ड नम्वर २ मा रहेको रौलेश्वर माध्यामिक विद्यालयमा ५८ जना विद्यार्थी, बेलडाँडी गाँउपालिका १ मा रहेको कालिका आधारभुत विद्यालयमा १ सय ३० जना विद्यार्थी, र बेलडाँडी गाँउपालिका ५मा रहेको कालिका आधारभुत विद्यालयमा ७२ जना विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।

संस्थाले बुधवार पनि वेदकोट नगरपालिकामा ४ वटा सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गर्ने भएको छ । सुदूरपश्चिमका ३ वटा जिल्ला डडेल्धुरा कञ्चनपुर कैलालीमा अहिले संस्थाले काम गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.