भीमदत्त ६ का स्थानीय भरत सिंह साउद सम्पर्क विहीन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा र महेन्द्रनगर स्थित ‘नागर्जुन किराना पसल’ का सञ्चालक भरत सिंह साउद हिजो दिउँसो वाट सम्पर्क विहीन भएका छन्।

परिवारका अनुसार, भरत सिंह साउद २०८१ फागुन २० गते दिउँसो करिब १ बजे महेन्द्रनगर बजारबाट ऐठपुर जाँदै गर्दा अचानक सम्पर्कविहीन भए।

उनी म २ प ४३६५ नम्बरको रातो–कालो स्प्लेन्डर बाइकमा सवार थिए। उनको खोजी कार्य जारी रहेको छ, र परिवारले सम्पर्कमा आएका व्यक्तिहरूसँग जानकारी मागेको छ।

परिवारले कुनै पनि व्यक्ति उनलाई देखेमा ९८४८८०७६३० वा ९८४८७२०६३६ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा जानकारी दिन आग्रह गरेका छन्।

सम्बन्धित

Comments are closed.