महेन्द्रनगर । पत्रकार सुजित सिनालको उपचारमा अमिटी कलेजका प्रिन्सिपल रविन्द्र प्रशाद अवश्थीले आर्थिक सहयोग गरेका छन् । हाल काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई नगद ५ हजार सहयोग गर्नु भएको हो ।
उहाँले बिरामी पत्रकार सिनाललाई स्वास्थ्य लाभको कामना गर्दै नगद आर्थिक सहयोग गर्नु भएको हो । पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई आर्थिक सहयोग गर्नु भएको हो ।
आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ । लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाको उपचारमा केही भएपनि सहजता होस भनेर उहाँले सहयोग गर्नु भएको हो ।
हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।
Comments are closed.