महेन्द्रनगर। कञ्चनपुरको दुई पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेदकोट नगरपालिका र पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो।
बेदकोटका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको किर्तिपुर नगरपालिका काठमाडौं सरुवा भएको छ भने पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टको डडेल्धुराको भागेश्वर गाउँपालिका सरुवा भएको छ।
रामदत्त उपसचिव हुन् भने लक्ष्मीदत्त शाखा अधिकृत हुन्। पुनर्वासमा नयाँ प्रमुख प्रशासकीय अधिकृत तिलक रिजाल आएका छन् भने बेदकोटमा प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको छ।
Comments are closed.