दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु

महेन्द्रनगर । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उता, दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप आज ४ः ३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए।

दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.