महेन्द्रनगर । कञ्चनपुरमा रहेको पेसवान सामाजिक संस्थाले बेदकोट नगरपालिका र बेल्डाडी गाउँपालिकाका २० सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गरेको छ । संस्थाले यस वर्ष बेदकोट नगरपालिका र बेल्डाडी गाउँपालिकाका २० सामुदायिक बिद्यालयका २ हजार ५ सय बिद्यार्थीलाइ न्यानो लुगा बितरण न्यानो लुगा वितरण गरेको छ ।
यसैगरी विहिवार बेदकोट नगरपलिकाका ३ बिद्यालयमा न्यानो कपडा बितरण गरि कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले सामुदायिक विद्यालयमा अधययनरत विपन्न विद्यार्थीहरुका लागी संस्थाले गरेको यो सहयोग सम्मानजनक रहेको बताउदै संस्थालाई धन्यवाद पनि व्यक्त गर्नु भयोे ।
शिक्षाको क्षेत्रमा पालिकाले विभिन्न गैर सरकारी संघसंस्थाहरु संगको समन्वय र सहयोगमा विद्यार्थी र विद्यालयको चौतर्फी विकासका लागी काम गरी रहेको बताउनु भयो । आगामी दिनहरुमा पनि अन्य विद्यालयहरुमा संस्थाहरु संगको समन्वयमा विद्यालयमा आवस्यक पर्ने शैक्षिक सामग्रीहरु र विद्यार्थीहरुका लागी पनि सामग्रीहरु सहयोगका लागी पहल गर्ने र शिक्षामा सबैको पहुँच बनाउनका लागी आफुले सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा संस्थाले विद्यार्थीहरुलाई ट्रयाक सुट, टोपी, गलबन्दी, मोजा,पञ्जाहरु वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् ।
बेदकोट नगरपालिका ५ मा रहेको मुक्ति आधारभुत विद्यालयमा १ सय ४७ जना विद्यार्थी, वडा नं.१ को गणेश आधारभुत विद्यालयमा १ सय १४ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए ।
यसैगरी बेदकोट नगरपालिका वार्ड नम्वर ७ मा रहेको घटाल माध्यामिक विद्यालयमा १ सय ४७ जना विद्यार्थी, बेलडाँडी गाँउपालिका १ मा रहेको कालिका आधारभुत विद्यालयमा १ सय ३० जना विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।
लगत्तै झोला स्टेसनरी तथा हाइजनिक कीट दोधाराचाँदनी नगरपालिका, पुनर्बास नगरपालिका र बेल्डाडी गाउँ पालिकाका ४७ बिधालयका १० हजार बिद्यार्थीलाइ बितरण गर्न लागेको बताएका छन ।
Comments are closed.