महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति आफ्नै निवासमा निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका वडा कार्यालयमा राखिएको थियो । त्यसपछि शनिवार दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । २००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिएका भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित भए ।
२०४१ सालतिर उनी परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सरे । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
तर झिनो मतान्तरले पराजित भए । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन । उनकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उनका छोराहरू हरिप्रसाद रिजाल, स्व। अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् ।
वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पु¥याएको योगदानको स्मरण गरिरहेका छन् ।
Comments are closed.