महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ ले युवाहरुलाई स्वरोजगार बनाउनका लागी विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । युवाहरुलाई सिप सिकाएर देशैमा रोजगार दिनका लागी सिप मुलक तालिमहरु प्रदान गरेको छ ।
वडाले विपन्न वर्गहरुलाई आय आर्जन तथा जिविकोपार्जन गर्नका लागी ३ महिने ब्याण्ड बाजा बजाउने सिप मुलक तालिम दिएर युवाहरुलाई रोजगार बनाएको छ । वडामा रहेका विपन्न वर्गका युवाहरुलाई बैण्ड बाजा बजाउने तालिमको समापन तथा सामग्री हस्तान्तरण पनि गरिएको छ ।
भीमदत्त नगरपालिका १७ का वार्ड अध्यक्ष पदम बुढाले आ.व २०८१÷८२ का लागी विनियोजित रकम मध्येबाट यस वार्डमा रहेका विपन्न वर्गहरु (लक्षित समुह) लाई आय आर्जन तथा जिविको पार्जन गर्न सहज होस भनेर तालिम प्रदान गरिएको जानकारी दिनु भयो ।
विगत ३ महिना देखी विपन्न वर्गका १० जना युवाहरुलाई तालिम दिएर उनिहरुलाई आयआर्जन गर्न सहज होस र उनिहरुको परिवारको आयस्तरमा पनि वृद्धि गराउनका लागी तालिमको आयोजना गरिएको वडा अध्यक्ष पदम बुढाले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर रहेका विपन्न्न वर्गका अधिकाँश युवाहरु अहिले काम खोज्न भारत जाने अथवा ऋण निकालेर विदेश जाने परिपाटी रहेको अवस्थामा अब १० जना युवाहरुले आफुले सिकेको सिपको प्रयोग गरी आफनो परिवारको पेट पाल्न सक्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । साथै उहाँले आगामी दिनमा आफुले सिकेका सिप आफनो जिवनमा लागुगरी आर्थिक उन्नती गर्न पनि आग्रह गर्नु भयो ।
तालिमका सहभागी अभय सिंह सिलालले वडाले विपन्न वर्गको आर्थिक उपार्जन गर्न र आफुहरुलाई स्वरोजगार बनाउन आयोजना गरेको यो तालिममा आफुहरुले सिकेको सिपलाई जिवनमा लागु गर्ने बताउनु भयो ।
साथै सबै सहभागीले आफुहरुलाई तिन महिने तालिम प्रदन गरेको प्रती वडालार्य धन्यवाद व्यक्त गरे ।
Comments are closed.