महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापा सम्मानित

महेन्द्रनगर । महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष तथा प्रजा पिता ब्रहमकुमारी ईस्वरीय विश्व विद्यालयमा आबद्ध एवम मानव अधिकारवादी भगवती थापालाई सम्मान गरिएको छ ।

आदर्श विद्या निकेतन माध्यमिक विद्यालय महेन्द्रनगर, कञ्चनपुरको ३६औं वार्षिकोत्सवको अवसरमा उहाँलाई सम्मान गरिएको हो । सुदूरपश्चि प्रदेश सभा सदस्य माननीय मधु भारतीले उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

विगत चार दशक भन्दा बढी समय सामाजिक क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा आफनो जिवन समपर्ण गरेको प्रती उहाँले गरेको कायृको उच्च कदर र सम्मान गर्दै उहाँको असाधारण समर्पण, र समाज सेवामा गरिएको अथक प्रयासको प्रशंसा गर्दै सम्मानित गरिएको विद्यालयका प्रिन्सिपल डा. बि.आर पन्तले बताउनु भयो ।

हाम्रो समाजमा यस्ता सममानित व्यक्तीत्व रहनु भनेको समाजलाई सकारात्मक तर्फ उन्मुख हुनु रहेको बताउनु भयो ।

आफुलाई सम्मान गरेको प्रती थापाले विद्यालयलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै आफुलाई सामाजिक कार्य क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.