महेन्द्रनगर । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भीमदत्त नगरपालिका भव्यताको साथमा मनाएको छ । “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण“ भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिकाले भव्यताको साथमा कार्यक्रम मनाएको छ ।
भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकको सभाध्यक्षतामा सुदरपश्चि प्रदेश सभा सदस्य माननीय मधु भारतीको प्रमुख आतिथ्यता, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, जिल्ला समन्वयं प्रमुख दुर्गा बोहरा, जिल्ला समन्वय समिती उप प्रमुख राम कुमारी रानाकोे विशिष्ट आतिथ्यता लगायत वडा अध्यक्षहरु वडा सदस्यहरु विभिन्न संघ सस्था प्रमुख तथा प्रतिनिधि प्रहरी महिला सेल, सम्बन्धीत सरोकारवाला, समाजसेवी लगायतको उपश्थिती रहेका थियो ।
कार्यक्रममा आफनो भनाई राख्दै भीमदत्त नगरपालिकाका उपप्रमुख लेखकले महिलाहरुलाइ आर्थिक रुपमा शसक्त बनाउन र अगाढी बढाउन पालिकाले सदैव अग्रसरता देखाएर काम गरीरहेका बताउनु भयो । महिलाहरुलाई सामाजिक रुपमा पनि शसक्त बनाउन उनिहरुलाई आत्म निर्भर बनाउन विभिन्न सिप मुलक तालिमहरु प्रदान गरेको बताउनु भयो ।
उहाँले अहिले कतिपय महिलाहरुले आफुले सिकेको सिपलाई व्यवहारमा लागु गरेर आर्थिक रुपमा पनि अगाढी बढी रहेको बताउनु भयो । उहाँले महिलाहरू समाजको मेरुदण्ड भएकाले उनीहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्न स्थानीय तहले विशेष भूमिका खेलेका बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथी भारतीले महिलाहरूलाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु प्रदेश सरकारले पनि प्रदान गरेको बताउनु भयो ।
स्थानिय सरकारले अहिले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी विविध योजनाहरू अगाडि बढाइरहेको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी नगर प्रमुख पदम बोगटीले पालिकाले महिलाहरलाइ आत्म निर्भर बनाउन, विभिन्न सिप मुलक तालिम, लैङ्गिक हिंसा न्यूनीकरण, महिला नेतृत्वको प्रवद्र्धन तथा महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने नीति निर्माण गरेको बताउनु भयो । महिलाहरूको हक, अधिकार र समानताका लागि पालिकाले सदैव अग्रपंक्तीमा रहेर आफनो योगदानलाई अझ सशक्त बनाउने बताउनुभयो ।
Comments are closed.