निशुल्क दाँत चेकजाँच मन्त्र हस्पिटलमा, निशुल्क दन्त शिविर सञ्चालन हुने

महेन्द्नगर । महेन्द्नगरमा रहेको मन्त्र अस्पताल एन्ड रिसर्च सेन्टरले दन्त शिविर सञ्चालन गरिरहेको छ । मन्त्र अस्पताल एन्ड रिसर्च सेन्टरले निशुल्क ओपिडि सेवामा स्वस्थ्य दाँत उज्यालो दाँत भन्ने नाराका साथ निशुल्क दन्त शिविर सञ्चालन शुरु गरेको छ ।

फागुन २५ गतेदेखि चैत्र अन्तिम सम्म ओपिडि सेवा मा निशुल्क दाँत सम्बन्धि सेवा लिन सकिने बताइएको छ । दाँतको सामान्य जाँच , मौखिक स्वस्थ्य परामर्श ,दाँत सम्बन्धि रोगहरुको प्रारम्भिक मुल्यांकन ,गिजा समस्या तथा मुख सम्बन्धि परामर्श ,दाँत सम्बन्धि बालबालिका लाइ निशुल्क परामर्श लगायतका सेवा प्रदान गरिने छ ।

डा. पुजा पन्त बिडि एस , डेन्टल सर्जन द्वारा उक्त अबधिमा सेवा प्रदान गरिने मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर ले जनाएको छ ।

अन्य सेवामा मुख तथा बंगरा रोग विशेषज्ञ डा. दिपक ठकुराठि, अर्थो डा. मोना खड्का प्रोस्थोडेटिस्ट डा. सुदिप सुबेदि द्वारा सेवा प्रदान गरिदै आएको छ। यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन सकिनेछ ।

सम्बन्धित

Comments are closed.