महेन्द्नगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ झर्नासागर (लक्ष्मी टोल) का गणेश दत्त भट्ट किसान हुन । उनले किसानीसंगै छोराछोरीहरुलाई उच्च शिक्षासम्म अध्यापन गराउन सफल भएका छन । उनका जेठा छोरा पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयका टपर विद्यार्थी बनेका छन ।
आइतबार पाँचौँ दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एव कुलपति केपी शर्मा ओलीले चान्सलर पदक पुरस्कार दिएका छन । ०७९शैक्षिक बर्षमा भट्टले शिक्षाशास्त्र अन्र्तरगत केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा ३.४०सिजिपिए ल्याएर प्रथम भएका हुन ।
बाल विकासदेखि ५सम्म गाँउकै सिद्धनाथ आधारभूत विद्यालय अध्ययन गरेर ६–८सरस्वती मावि, ९–१२ रौलेश्वर र त्यसपछि सुपवि केन्द्रीय क्याम्पसमा स्नातक र स्नाकोत्तर अध्ययन गरेका थिए । भट्ट हाल सरस्वती माविमा कार्यरत रहेका छन ।
कक्षा १२ उर्तिण गरेपछि रोजगारीको सिलसिलामा भारत गएका भट्टले फेरी उच्च शिक्षा अध्ययन गर्ने निधो गरेका थिए । उनले आफ्नो सफलतामा घर परिवारदेखिका विद्यालय, समाज आफ्नै मेहनत भएको बताए ।
भाईस चान्सलर स्कुल अफ एग्रिकल्चर टीकापुरकी कुसुम तिम्लिसिना रहेकी छिन । उनले स्नातक तहमा ३.९३जिपिएर ल्याएका छन । उस्तै स्वर्ण पदक पाउनेमा कैलाली बहुमुखी क्याम्पसका उमेश कुमार विष्ट, कैलाली बहुमुखी क्याम्पसकै गंगादत्त जोशी, दार्चुला बहुमुखी क्याम्पसकी चाँदनी कुावर, केन्द्रीय क्याम्पसका नवराज पन्त, दिपेन्द्र प्रशाद पाण्डेय, देवेन्द्र सिह ठगुन्ना, श्रव्यराज पण्डित रहेका छन ।
यस पटक १ हजार ३७७विद्यार्थी दीक्षित भएपनि ३सय ७१मात्रै सहभागि भएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलति प्राडा हेमराज पन्तले विश्वविद्यालय १४औँ बर्षमा प्रवेस गर्दा ९संकायको अध्ययनरत भईरहेको बताए । आगामी दिनमा आविष्कार केन्द्र मार्फत थप शैक्षिक गुणस्तर बृद्धि गर्ने बताए ।
Comments are closed.