कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पत्रकार सिनालको उपचारमा आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सुजित सिनालको उपचारमा आर्थिक सहयोग गरेको छ । हाल काठमाण्डौमा उपचार गराई रहनु भएका पत्रकार सिनाललाई नगद १५ हजार सहयोग गरिएको हो ।

आफनो उपचारमा आर्थिक अभाव भएको र संघलाई सहयोगका लागी निवेदन दिएपछि संघले आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेको अध्यक्ष पिताम्वर जोशीले बताउनु भयो ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा केही भएपनि सहजता होस भनेर संघले सहयोग गरेको बताउनु भयो ।

संघले विगतका दिनमा पनि विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।

सम्बन्धित

Comments are closed.