कञ्चनपुरको दोधरा चाँदनीमा डे –नाईट क्रिकेट,  भारतका प्राविधिक टोलीले काम गर्दै

महेन्द्रनगर । कञ्चनपुरको दोधरा चाँदनीमा डे –नाईट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।जिल्लाको सुदुर मिडिया प्रालीले महाकाली पारीकोे पालिकामा डे नाइट सुदुर मिडिया डे –नाइट क्रिकेट कपको आयोजना गर्न लागेको हो ।

चैत्र ५ गतेदेखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने सुदुर मिडिया प्रालीका प्रकाशक सुरेश भट्टले बताए । अघिल्ला वर्षहरुमा पनि क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको सुदुर मिडिया प्रालीले यस वर्ष अझ व्यवस्थित तवरले प्रतियोगिता आयोजना गर्न लागेको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण पनि गरिने छ । त्यसका लागी भारतको गुजरातबाट विषेशज्ञ प्राविधिक टोलीले धमाधम काम गरिरहेको भट्टले बताए । साझा आवाजको युट्ुब च्यानल र सुदुर मिडिया डे नाइट क्रिकेट कपको अफिसियल फेसबुक पेजबाट खेलको प्रत्यक्ष प्रसारण गरिने छ । भट्टका अनुसार प्रतियोगितामा अहिलेसम्म २० भन्दा बढि टिम सहभागी भईसकेका छन ।

प्रतियोगितामा सहभागी टिमले २० हजार ईन्ट्री फि बुझाउनु पर्ने छ । प्रतियोगिताको विजेता टिमले १ लाख , उपविजेता टिमले ५० हजार रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिताका अन्य विधामा पनि पूरुस्कारको व्यवस्था गरिएको छ ।

यसबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईने भट्टले बताए । प्रतियोगितामा बडा बाहिरका ४ जनामात्र खेलाउन पाइने छ । टिम सहभागीको क्षेत्र छुट्याइएको छैन ।

सम्बन्धित

Comments are closed.