भीमदत्त उपप्रमुख लेखकद्वारा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) परिक्षाको अनुगमन

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०८१ सोमवारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष छैटौ पटकको रहेको जनाइएको छ ।

भीमदत्त नगर स्थित कक्षा ८ को आधारभुत स्तरिय बार्षिक परीक्षाको सोमवार पहिलो दिन अङ्ग्रेजी विषयबाट बाट सुरुवात भएको छ । सोमवार फागुन ३ गतेदेखी सुरु भएको १० गते सकिने भएको छ । १७ वटामा झण्डै ३ हजार परिक्षार्थीहरुको सहभागिता रहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाले पहिलो पटक परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा सन्चालन गरेको भीमदत्त नरपालिकाका उप प्रमुख निलम लेखकले जानकारी दिनु भयो । साथै आफुले पहिलो दिन गरेको अनुगमनमा सबै विद्यालयमा सौहार्दपुर्ण बाताबरणमा परिक्षा संचालनमा आएको बताउनु भयो ।

साथै विद्यार्थीहरुले पनि अनुशासनमा रहेर आफनो परिक्षामा सहभागिता जनाएको जानकारी दिनुभयो । विद्यार्थीहरुको उपस्थिति पनि राम्रो रहेको परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ भनेर आफुले विद्यार्थी र शिक्षकहरुलाई बताएको जानकारी गराउनु भयो ।

विद्यार्थीले जानेको बिनाहिच्किचाहट लेख्न पाउनुपर्छ अनि परिक्षा मर्यादित र व्यवस्थित पनि गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’ नगर उपप्रमुख लेखकले भन्नु भयो ,परीक्षा प्रणालीको माध्यमबाट शिक्षाको गुणस्तर सुधार्ने आफूहरूको उद्देश्य रहेको र तल्लो स्तरबाटै परीक्षा प्रणाली सुधारेर लैजाँदा एसइईको परीक्षासँगै शिक्षाको गुणस्तर पनि सुधार हुने उपप्रमुख लेखकले बताउनु भयो ।

विद्यार्थीहरुलार्ई सहज वातावरणमा परिक्षा दिने व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो । पहिलो दिन ५ वटा परिक्षा केन्द्रको अनुगमन गरिएको थियो ।

सम्बन्धित

Comments are closed.