कञ्चनपुरमा सीमावर्ती गाँउ कुतियाबरमा भारतीय समूहद्वारा नेपाली नागरिकको घर तोडफोड

महेन्द्रनगर । भारतीय समूहले कञ्चनपुरका एक नेपाली नागरिकको घर तोडफोड गरेको छ। मादक पदार्थ सेवन गरेको उक्त समूहले दोधाराचाँदनी नगरपालिका– १० कुतियाबर १८ नम्बर सीमावर्ती गाउँका गणेश सुनारको घर र पसलमा तोडफोड गरेको हो।

सुनारको घरमा होलीको दिन १ चैत्रमा पाँच–सातजनाको समूहमा भारतीयहरू आएका थिए। एक–आपसमै जुधेपछि गाउँ फर्किएका उनीहरू पुनः सुनारको घर आएर तोडफोड गरेका हुन्। भारतीय समूहले रकमसमेत लुटपाट गरेको सुनारले बताए।

सुनारका अनुसार आफ्नो घरबाट उनिहरुले दुई लाख ८५ हजार रुपैयाँसमेत लुटपाट गरेर लगेका छन । नेपाली नागरिकको घरमा तोडफोड गर्ने भारतीयमाथि कारबाहीका लागि समन्वय भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरूको विवरण भारतीय प्रहरीलाई जानकारी गराइसकेको र बाँकी स्थानीयस्तरमा छलफल भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित

Comments are closed.