महेन्द्रनगर । शुक्लाफाटा नगरपालिका–७ सिमलफाँटा स्थित बैजनाथ मन्दिर व्यवस्थापन समितिले होली खेलेर १ लाख बढी संकलन गरेको छ। मानसिंह भाट नेतृत्वको होली समितिले १ लाख ५ हजार ४ सय २१ रुपैयाँ संकलन गरेको हो।
होली खेल्ने क्रममा भएको खर्च कटौती गरेर ९६ हजार २ सय ६५ रुपैयाँ बचत भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद जोशीले बताए।
उनका अनुसार उक्त रकम मन्दिरको श्रीबृधिमा खर्च गरिनेछ। ‘फागुन २५ गतेदेखि चैत्र १ गतेसम्म होली भब्य र सभ्य रुपमा खेल्दै सम्पन्न भयो,’ उनले भने, ‘होली कमिटीलाई धन्यवाद व्यक्त गर्दछु।’ होली कमिटीका कोषाध्यक्ष माधवी कुँवरले मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष शान्ति धानुकलाई हस्तान्तरण गरेका थिए।
मन्दिरको विकासमा सबैको सहयोग आवश्यक रहेको मन्दिरका अध्यक्ष जोशीले बताए। ‘गाउँवासी मन्दिरको विकासमा सहयोग गर्दै आएका छन्,’ उनले भने, ‘ अझै साथ र सहयोगको अपेक्षा गर्दछौं।’
Comments are closed.