महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबीच आज धनगढीमा भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा दुबै प्रदेश प्रमुखज्यूहरू बिच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताए ।
अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि छलफल गरिएको थियो । भेटवार्तामा बागमती प्रदेश प्रमुख ज्यूको धर्मपत्नी रुकमणी देवकोटा, सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयकाका निमित्त सचिव शम्सेर बहादुर रावल, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, शाखा अधिकृत दीर्घराज भट्ट, गङ्गाराम सापकोटा लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Comments are closed.