निबर्तमान परराष्ट्र मन्त्री साउँदद्वारा हजारा खानेपानी आयोजनाको ओभरहेड ट्यान्की निर्माण कार्यको सिलन्यास

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निबर्तमान परराष्ट्र मन्त्री माननीय एनपी साउँदले हजारा खानेपानी आयोजनाको ओभरहेड ट्यान्की निर्माण कार्यको सिलन्यास गर्नु भएको छ । मंगलवार बेदकोट नगरपालिका वडा ७ बसन्तपुरमा रहेको उक्त आयोजनाको एक कार्यक्रमका विच शिलन्यास गरिएको हो ।

१ हजार घरधुरीलाई शुद्ध खानेपानी पुय्राउने उदेश्यले उक्त हजारा खानेपानी आयोजनाको ओभरहेड ट्यान्की निर्माण गरिने भएको छ । सम्पुर्ण आम जनताहरुलाई शुद्ध खानेपानीको पहुँच दिनका लागी यो हजारा खानेपानी आयोजनाको ओभरहेड ट्यान्कीले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

आजभोली हाते नल्काबाट शुद्ध खानेपानी पनि नआउने भएपछि फोहर पानीको प्रयोगले मानव स्वास्थ्यमा पनि असर गर्ने विरामी हुने गर्दा अब यो आयोजनाबाट शुद्ध खानेपानीको प्रयोग गरेर आफनो र परिवारको स्वास्थ्य पनि राम्रो हुने बताउनु भयो ।

अहिले तराँइका जिल्लामा बढदो सुख्खाले गर्दा हाते नल्कामा शुद्ध खानेपानी आउन छोडेको र भूमिगत खानेपानीको स्रोत गहिरिँदै गरेको अवस्थामा खानेपानीको विकल्पमा ओभरट्यांक खानेपानी उपयुक्त माध्यम रहेको बताउनु भयो ।

साथै उहाँले यो निर्माण कार्यमा आवस्यक पर्ने आर्थिक अवस्थालाई मध्य नजर गर्दै थप बजेटका लागी पहल गर्ने बताउनु भयो । आफनै गाँउमा खानेपानीको आयोजना बन्ने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

हाते नल्काको पानी प्रयोग गर्दै आएका स्थानियहरुले अब शुद्ध खानेपानी खान पाउँने भएप्छि खुसी लागेको स्थानिय हरी नारायण जोशीले बताए ।

 

सम्बन्धित

Comments are closed.