डडेल्धुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबिसंघका गौरव ऐर विजयी

 

महेन्द्रनगर । डडेल्धुरा बहुमुखी क्याम्पसमा हिजो सम्पन्न स्ववियु निर्वाचनमा सभापतिमा नेविसंघका गौरव ऐर निर्वाचित भएका छन् । ऐर नेतृत्वको प्यानलले कूल खसेको ३७५ मध्ये १८४ मत प्राप्त गरि बिजयी भएको छ ।

उनका प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र उमेदवार कर्ण धामी सभापतिमा लडेका थिए । नेपाली काँग्रेस बीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन थियो । मदन बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए ।

५ सय ५२ विद्यार्थी ९मतदाता० रहेको उक्त क्याम्पसमा तीन सय ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यस पुर्ब पनि डडेल्धुरा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघ नै जितेको थियो ।नेबिसंघका दुर्गा भट्टले नेविसंघ ९बीपी० का मदन बोहरालाई हराएका थिए ।

सम्बन्धित

Comments are closed.