महेन्द्रनगर । डडेल्धुरा जिल्लामा रहेका दिन दुखी गरिव, दलित, पिछडिएका परिवार, विरामी भएकाहरुको एक मात्रै आशा र भरोशाका केन्द्रविन्दु डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले सामाजिक कार्यमा ईतिहास नै ईतिहास राख्न सफल हुनु भएको छ ।
स्थानियको भनाईलाई आधार मान्ने हो भने, समाजसेवी मल्लले डडेल्धुरामा गरेको सहयोग बराबर अहिले सम्म कसैले पनि नगरेको बताउछन । कोही समस्यामा परेको थाहा पाउना साथ आर्थिक सहयोग गर्ने सामाजिका क्षेत्रमा पनि आर्थिक सहयोग गर्ने गरेको भएर अहिले स्थानियहरुको मन मष्तिश्कमा बस्न सफल भएका छन् ।
अहिले पनि डडेल्धुरा को अजयमेरु गाउँपालीका ४ मा गौरा राख्ने भवन निर्माणार्थ आर्थिक सहयोग गर्नु भएको छ । स्थानीय दिनु भाटको पहलमा भावना बिष्ट मार्फत नगद रु १५ हजार सहयोग गरिएको छ । सुदूरपश्चिमको परम्परा लोक संस्कृती ऐतिहासिक पर्व गौरालाई परम्परागत रुपमा जोगाई राख्न आफुले आर्थिक सहयोग गरिएको समाजसेवी मल्लले बताउनु भयो ।
आफनो गाँउमा विकास निर्माणमा समाजसेवी मल्लले चासो राखेर गरेको सहयोग प्रती स्थानियहरुले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गरेका छन । यसैगरी, डडेल्धुराको परशुराम नगरपालिका १० का क्यान्सर बाट पिडीत बलदेब बोहराको उपचारमा नगद १० हजार सहयोग गर्नु भएको छ ।
आर्थिक अभावले उपचारमा समस्या भएपछि थोरै पनिा राहत होस भनेर आर्थिक सहयोग गरिएको समाजसेवी मल्लको भनाई रहेको छ । क्यान्सर पिडीत बलदेब बोहराले भावुक हुँदै भने, विनय मल्ल मेरा लागी भगवानको रुपमा हुनुहुन्छ, म संग उहाँको कुनै नाता छैन चिनजान छैन तै पनिमलाई उपचार गर्न आर्थिक सहयोग गर्नु भयो, उहाँलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।
डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् ।
जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन्
Comments are closed.