कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गरिन्छ ः प्रधानमन्त्री ओली

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग भारतसँगको कुटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह ईपीजी को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताए ।

उनले सन् १९६२ अघि नेपालका नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएका थिए, त्यसपछि बीचमा यी भूभाग कसरी हटे रु भन्ने प्रश्न उठाए ।प्रधानमन्त्री ओलीले थपे, ‘भारतसम्बन्धी सीमा विवाद कसैलाई समस्या नहुने गरी समस्याको सधैंको लागि समाधान गर्न कुटनीतिक संवाद र वार्ता गर्नुपर्ने हो ।’

उनले भने सन् १९६२ अघि हाम्रो नक्सा पनि सोहि अनुसार रहेको बताउँदै उक्त भूभाग नेपालकै अधिनमा रहेको बताए । उनले भने, ‘अहिले जस्तो नक्सा पहिले पनि त्यस्तै थियो । त्यसपछि नेपालको नक्सा किन फेरियो, कसले फेर्यो रु यसको उत्तर सबैलाई थाहा छ ।

यो समस्या कुटनीतिक वार्ताको माध्यमबाट समाधान गरिन्छ ।’द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र सन्धी–सम्झौतासम्मका विषयमा सिफारिस गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा ईपीजी गठन भएको उनले जानकारी दिए ।

यद्यपि, ईपीजीले ९ वटा बैठक बसेर सन् १९५० को नेपाल–भारत सन्धी परिमार्जन सहितका महत्वपूर्ण बुँदामा सहमति जुटाए पनि ६ वर्ष बितिसक्दा पनि भारतीय पक्षले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको उनको भनाइ छ ।

सम्बन्धित

Comments are closed.