महेन्द्रनगर । कञ्चनपुरमा हात्तीको मृत्यु प्रकरणमा एकजना पक्राउ परेकका छन । लालझाडी गाउँपालिका–४ पर्सियामा जंगली हात्ती मृत्यु भएको घटनामा एक जना पक्राउ परेका हुन्। डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो।
रानाकै खेतमा हात्ती मृत अवस्थामा भेटिएको थियो। अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए।
फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको थियो। हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो।
हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए। रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ।
निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ।पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए।
घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए। हात्ती मृत भेटिएको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ।
Comments are closed.