कैलालीमा प्रश्नपत्रसहित एक शिक्षक धमला पक्राउ

महेन्द्रनगर । कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन् । सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला प्रकाउ परेका हुन ।

उनलाई प्रहरीले राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनि परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए ।

धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ ।

उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। प्रहरीले यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ ।

सम्बन्धित

Comments are closed.