अछाममा दुई किशोरीको हत्याका अभियुक्त किशोरद्वयलाई सुधार गृह पठाइयो

महेन्द्रनगर । अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, अनुसन्धानपछि प्रहरीले अदालतमा प्रतिवेदन पेश गरेपछि अदालतले डोटीस्थित सुधार गृह पठाउने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका निरीक्षक टेकबहादुर देउवाका अनुसार, हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा पठाइएको हो।

“प्रहरी कार्यालयले सबै अनुसन्धान सकेर अदालतमा बुझाइसकेको छ। अहिले साक्षीहरूलाई बोलाउने र बकपत्र लिने प्रक्रिया अघि बढिरहेको छ,” उनले भने।

नेपाल कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका अपराधीलाई कारागार पठाउन नमिल्ने व्यवस्था छ।

सम्बन्धित

Comments are closed.