कांग्रेस सभापति देउवा ः पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ

महेन्द्रनगर । ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । काठमाडौँ — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका छन् ।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा आइतबार सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्न लायक नभएको बताएका हुन् ।

पछिल्लो समय राप्रपा हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । त्यही सन्दर्भमा देउवाले राप्रपालाई सुझाव दिँदै भने, उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् ।

राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ । आफूले ज्ञानेन्द्रलाई राम्रोसँग चिनेको उल्लेख गर्दै देउवाले उनीविरुद्ध बोलेकै कारण आफूलाई जेल हालिएको प्रसंग पनि सुनाए । उनले अगाडि भने, राजनिती गर्ने हो भने पार्टी खोलेर आए हुन्छ । पार्टीमा लग्यो भने राप्रपाले पनि दुख पाउँछ ।

सम्बन्धित

Comments are closed.