सुदूरपश्चिममा स्थानीय सेवा ऐन चाँडै लागू हुन्छ ः मुख्यमन्त्री शाह

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तुरुन्तै जारी गर्न प्रदेश सरकार सक्रिय रहेको बताएका छन्।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको टोलीले चार बुँदे मागसहितको ध्यानाकर्षण पत्र लिएर मुख्यमन्त्री कार्यालय पुगेको थियो। टोलीसँग कुरा गर्दै शाहले प्रदेश सरकारले छिट्टै स्थानीय सेवा ऐन ल्याउने तयारी गरेको जानकारी दिए।

महासंघका उपाध्यक्ष उत्तमबहादुर रोकायाले हस्ताक्षर गरेको मागपत्रमा स्थानीय सेवा ऐन तुरुन्त जारी गर्नुपर्ने, समपूरक र विशेष अनुदान उपलब्ध गराउनुपर्ने, स्थानीय सरकारको क्षमता बढाउन पिएलजीएसपी कार्यक्रमसँग समन्वय गरेर संयुक्त गतिविधि सञ्चालन गर्न सहजीकरण गर्नुपर्ने र महासंघको प्रदेश कार्यालय तथा कार्यक्रमका लागि स्रोत उपलब्ध गराउनुपर्ने उल्लेख छ।

मुख्यमन्त्री शाहले मागपत्रको पहिलो बुँदा पूरा गर्न प्रदेश सरकार लागिपरेको बताए। उनका अनुसार बाँकी मागका विषयमा आवश्यक छलफल र समन्वय गरेर समाधान गरिनेछ।

सम्बन्धित

Comments are closed.