कञ्चनपुरमा बिना कागजातका मोटरसाइकलको बिगबिगी, १६ थान मोटरसाइकल बरामद

महेन्द्रनगर । कञ्चनपुरमा बिना कागजात भएका मोटरसाईकल हरुको विगविगी नै रहेको छ । पछिल्लो समयमा बजार क्षेत्रमा पनि बिना कागजातका मोटरसाईकलहरु निर्वाध रुपमा संचालनमा रहेका पाईएको हो ।

बिना कागजात भएका मोटरसाईकलले यदी दुर्घटना गराएको खण्डमा पनि कुनै पनि पहिचान नहुने कस्को नाममा दर्ता रहेको छ ? भन्ने पनि जानकारी नहुने जोखिम रहेको पाईएको छ ।

विषेश गरेर भारतिय नाका नजिक रहेका क्षेत्रहरुमा बिना कागजातका मोटरसाईकलहरु बढी प्रयोगमा रहेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले जिल्लाका विभिन्न क्षेत्रबाट बिना कागजात भएका १६ थान मोटरसाइकल बरामद गरेको छ । सबै भन्दा बढी भारतिय नम्वर प्लेट भएका मोटरसाईकलमा कागजात नभएको पाईएको छ । पछिल्लो समय भारतिय नम्वर प्लेट भएका मोटरसाईकलमा नेपाली नम्वर प्लेट राखेर पनि मोटरसाईकलहरु निर्वाध रुपमा चलाउने चालकको पनि कमी छैन ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चेकजाँचमा पनि कडाई गरिरहेको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले बताउनु भयो । भारतिय सिमा नाका भएका बजारहरुमा बढी त्यस्ता मोटरसाईकलहरु प्रयोगमा आउने गरेको उहाँले बताउनु भयो ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले ८ लाख ५५ हजार २०० प्रहरीचौकि फटैयाले २७ हजार २०० र अस्ताइ प्रहरीबिट मझगाउँले २५हजार गरि जम्मा १९ लाख, ५२ हजार ४०० मुल्य बराबरकोे भन्सार छलीको सामान आइतवार बरामद गरेको हो ।

उक्त मूल्य बराबरको भन्सार छलीका कागजात नभएका १६ थान मोटरसाइकल विभिन्न मोबाइलका डिस्प्ले, ग्लास, चार्जर, विभिन्न मोबाइलका पार्टसहरू, साडी, थान कपडा, कुरकुरे,र चस्मा फेला लगायतका सामान बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.