नेकपा एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम अधिवेशन चैत्र १७ गते, तयारी तिब्र

महेन्द्रनगर । नेकपा(एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन चैत्र १७ र १८ गते गर्ने भएको छ। बुधबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष एवं प्रदेश इन्चार्ज भानुभक्त जोशीले अधिवेशनको तयारीबारे जानकारी दिएका हुन्।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नाराका साथ चैत्र १७ र १८ गते प्रथम प्रदेश अधिवेशन आयोजना गरिएको उनले जानकारी दिए।

उनका अनुसार अधिवेशनमा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि रहनेछन्।

‘पार्टी अध्यक्षसँगै शिर्ष नेताहरू अधिवेसनमा सहभागि हुनेछन्,’ उनले भने, ‘९ वटै जिल्लाबाट प्रतिनिधि छनौट भइसकेका छन्, अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको नेतृत्वमा मुल आयोजक समिती गठन गरिएको छ।

अधिवेशनकै तयारीका लागि १० वटा उपसमिति बनाइएको प्रदेश अधिवेसन प्रचारप्रसार उपसमितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य माधव पन्तले जानकारी दिए।

‘प्रथम प्रदेश अधिवेशनलाई सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा लागिरहेका छन्,’ उनले भने।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंह, पोलिटव्यूरो सदस्य प्रकाश रावल, प्रदेश कार्यालय सचिव सुरेन्द्रमान कार्कीलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित

Comments are closed.