महेन्द्रनगर । कञ्चनपुरका क्रियाशिल पत्रकारहरुले उपचाररत पत्रकारहरु लाई आर्थिक सहयोग गरेका छन । होली खेलेर जम्मा भएको रकमबाट विभिन्न समस्याले उपचार गराई रहनु भएका कञ्चनपुरका ४ जना पत्रकारहरुलाई आर्थिक सहयोग गरिएको हो ।
विहिवार नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य एवम शुक्लाफाँटा एफएमका समाचार प्रमुख सुजित सिनाल, प्राईम टाईम्सका जिल्ला सम्वादाता डिल्लीराज पन्त, कञ्चनपुर पोष्टका संचालक एवम प्रधान सम्पादक कृष्ण दत्त जोशी, र नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य एवम बेलौरी अनलाईन खबरका संचालक माधव पौडेललाई आर्थिक सहयोग गरिएको हो ।
पत्रकार सिनालको काठमाण्डौमा घुँडाको शल्यक्रिया भएको र हाल उहाँ आफनै निवासमा चिकित्सकको सल्लाह बमोजिम रेस्टमा रहेको बेलामा घरमै गएर उहाँलाई आर्थिक सहयोग गरिएको थियो ।
यसैगरी, प्राईम टाईम्सका जिल्ला सम्वादाता डिल्लीराज पन्त पनि विगत लामो समयदेखी आफनो स्वास्थ्यको उपचारमा रहेको, यस्तै, कञ्चनपुर पोष्टका संचालक एवम प्रधान सम्पादक कृष्ण दत्त जोशीको मोटरसाईकल दुर्घटनामा परी घाईते भएर हाल उपचारमा रहनु भएको भएर उहाँहरुलाई केही राहत होस भनेर जनही पाँच हजार एक सय रुपैँया सहयोग गरिएको छ ।
यसैगरी, बेलौरी अनलाईन खबरका संचालक माधव पौडेलको पनि मोटरसाईकल दुर्घटनामा परी हातको शल्यक्रिया गरेको र उहाँलाई मातृशोक पनि परेकाले केही राहत होस भनेर जनही पाँच हजार एक सय रुपैँया सहयोग गरिएको हो ।
श्रमजीवी पत्रकारहरुलाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले उपचारमा केही भएपनि सहयोग होस भनेर होली खेलेर जम्मा भएको रकम मध्ये केही सानो सहयोग गरिएको थियोे । आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने क्रियाशिल पत्रकारहरुले प्रतिबद्धता पनि जनाउनु भएको छ ।
रकम हस्तान्तरण कार्यक्रमको क्रममा क्रियाशिल पत्रकार होली समूहका अगुवा राजेन्द्र विष्ट, भाष्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद राना, बिमल धामी, धनसिह धामी, रमेश कार्की लगायतको उपस्थिति रहेको थियो।
Comments are closed.