महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वितरण गरेका विउविजन,गहुँको विउ वितरण गरिए पछि उत्पादन कस्तो रहेको भनेर अनुगमन गरिएको छ ।
विहिवार उप प्रमुख तथा अनुगमन समिती संयोजक निलम लेखक जोशी, भीमदत्त नगरपालिका ३ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गगन धामी, वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापा, ईन्जिनियर भुपेन्द्र कार्की, सव ईन्जिनियर पवन लेखक ,कृषि शाखा प्रमुख दिपा भट्टलगाएतको टिमले अनुगमन गरेका छन् ।
“एक गाउँ एक उत्पादन” अन्तरगत तरकारी खेती कार्यक्रम र वेमौसमी तरकारी अन्तरगत मिनिकिट वितरण, खाद्यान्न वालीको बीउ विजन वितरण कार्यक्रम अन्तरगत गहुको बीउ पनि वितरण गरिएको थियो ।
भीमदत्त नगरपालिकाको वडा नम्बर वडा न ३ र ११ मा भीमदत्त नगरपालिका ले वितरण गरेको बीउ विजनहरुको कृषकहरुलाई कस्तो लाग्यो र के कति फाईदा भएको छ कत्तिको उपलव्धी भएको छ, सो अवस्थाको आज अनुगमन गरिएको उपप्रमुख लेखकले बताउनु भयो ।
आफुहरुले जुन उदेश्यले विउविजन वितरण गरिएको थियो उक्त लक्ष्य उदेश्यमा स्थानियहरुले पनि साथ दिएको बताउनु भयो ।
स्थानियहरुले पालिकाले वितरण गरेका विउ विजनहरुको सही सदुपयोग गरेको र मिहिनेतका साथमा तरकारीहरु उत्पादन गरी बेचेर आम्दानी पनि गरेको बताउनु भयो ।
पालिकाले गरेको सहयोग र “एक गाउँ एक उत्पादन” अन्तरगत आफुहरुले मिहिनेत गरेर मौसमी र बेमौसमी तरकारीहरु उत्पादन गरेको आफुले प्रयोग गरेर बजारमा बेच्ने गरेको स्थानियहरुले बताए ।
Comments are closed.