महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय बस्तीमा बाघहरु देखा पर्न थालेका छन् । मानव वस्तीमा ने बाघहरु देखा पर्न थालेपछि स्थानियहरु त्रसित भएका छन् । भारतका सिमा नाका नजिक रहेका वस्तीहरुमा बाघहरु देखा पर्न थालेका हुन् ।
शनिवार पनि पाईएको छ । बेलौरी नगरपालिका–२ टेडुवामा बस्तीमा बाघ पसेपछि स्थानिय त्रसित भएका छन् । सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवका अनुसार टेडुवास्थित गहु बारीमा बाघ देखिएको छ। अहिले बाघ देखा परेको क्षेत्रमा वनकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि भेला भएका छन्।
बाघ देखा परेको गहु बारी नजिकै बाक्लो मानव बस्ती छ। गहु बारीमा बाघ पसेपछि स्थानीय त्रसित बनेका छन्। बाघ देखिएपछि स्थानीय सतर्कता अपनाउन भनिएको छ। सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवका अनुसार अहिले ड्रोनमार्फत बाघको निगरानी भइरहेको छ।
‘बिहान ६ बजे हामीले जानकारी पाएका थियौँ। साढे ७ बजे ड्रोनमा देखा परेको छ,’ उनले भने, ‘अहिले पनि ड्रोनबट बाघको मुभमेण्ट निगरानी गरिरहेका छौँ।’
Comments are closed.