महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली तटिय क्षेत्रका स्थानियहरु आन्दोलित भएका छन् । वडा नम्वर ११, १२ र १३ का स्थानियहरु आन्दोलित भएका हुन् । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथि बनेको चार लेन पुलको तटबन्ध निमार्णका लागि बिरोध गरिएको छ ।
पुलको तटबन्ध (बाँध) भत्किएको महिनौं बितिसक्दा समेत सम्बन्धित निकायले निर्माण कार्यमा ध्यान नदिएको हुनाले दवाब स्वरुप बिरोध प्रदर्शन गरिएको स्थानियले बताएका छन् । शनिवार बिहान बिरोध प्रदर्शन हुँदा आधा घण्टा सडक अबरुद्ध भएको थियो भने पछि सडक सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष रामबहादुर बोहरा झक्कासले बाढी पिडीत जनताहरुको माग पुरा हुनु पर्ने बताउनु भयो । यो आन्दोलन कुनै सत्ता पाउनलाई नभएर आम जनताहरुको दुखको लागी सबै जनताहरु आन्दोलित भएको बताउनु भयो ।
हिमाल क्षेत्रमा हिँउ पग्लीएर आउने बाढीले तटिय क्षेत्रका स्थानियहरुले मार खेप्नु पर्ने समस्यामा पर्नु पर्ने भएर तटबन्ध निर्माणमा जोड दिनका लागी सम्बन्धित निकायलाई दवाव दिन शान्ती पुर्ण आन्दोलन गरिएको जानकारी दिनु भयो ।
आईतवारदेखी कामको सुरुवात नभए कडा रुपमा अझै शसक्त रुपमा स्थानियहरुले आन्दोलन गर्ने चेतावनी पनि दिएको पनि बताउनु भयो । अहिले आफुले गरेको अनुरोध पश्चात स्थानियहरुले आन्दोलन रोकेको बताउँदै वडा अध्यक्ष बोहराले भोली काम सुरु नभए २ हजार परिवार विस्थापित हुने र सबै सडकमा आउने बताउनु भयो ।
गत भदौमा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेन महाकाली पुलको तटबन्ध भत्काएको थियो। भत्किएको तटबन्ध समयमै पुनर्निर्माणका लागि स्थानीयले असोजदेखि नै माग अघि सार्दै आइरहेको भएपनि अहिले सम्म निर्माण भएको छैन्।
Comments are closed.