कञ्चनपुरमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा र्‍याली

महेन्द्रनगर। पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालेको छ। पत्रकार महासंघ कञ्चनपुरले पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो।

शुक्रबार राजावादीको आन्दोलनको क्रममा उग्रआन्दोलनकारीले काठमाडौँको तिनकुनेमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरमा थुनेर आगो लगाएर जलाएर हत्या गरेका थिए।

यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड समेत गरिएको थियो।घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग पत्रकार महासंघ कञ्चनपुरले राखेको छ।

पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो।

लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामा धावा बोलेर अराजकता प्रदर्शन गरिएको भन्दै घटनामा संलग्न कारबाहीको माग गरिएको छ।

सम्बन्धित

Comments are closed.