महेन्द्रनगर । कञ्चनपुरमा मन्टेश्वरीको क्षेत्रमा आफनो विषेश पहिचान बनाउन सफल भीमदत्त नगरपालिका वडा नम्बर –१८ जानकी टोलमा रहेको ओसिस मन्टेश्वरी स्कुलले ’ग्रान्ड प्यारेन्टस् डे’ मनाएको छ ।
विधार्थीहरुका हजुर बुवा तथा हजुर आमाहरुसंग विषेश कार्यक्रम गरेर मनाएको हो । शनिवार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनदिप भट्टको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रम मन्टेश्वरीका शिक्षिका र विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । प्रत्येक वर्ष ओसिस मन्टेश्वरी स्कुलले ’ग्रान्ड प्यारेन्टस् डे’ मनाउँदै आइरहेको विद्यालयका प्रिन्सीपल सबिना भट्टले बताउनु भयो ।
विधार्थीहरुले आफना हजुर बुवा तथा आमाहरु संग नजिक रहेर उहाँहरु संगको आत्मियता र सदभाव पनि देखिने भएकाले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिन अभिभावकहरुले आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन रोहित पालले गरेका थिए ।
Comments are closed.