गणतन्त्रको पक्षमा महेन्द्रनगरमा र्‍यालीसहित कोण सभा गरिने

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा बृहत र्‍यालीसहित कोणसभा गर्ने भएको छ। शनिबार अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटरसाईकल र्‍यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो।

जिल्लाका ९ वटै पालिका कमिटीलाई र्‍याली व्यवस्थापनको जिम्मेवारी दिएको छ। ¥याली पार्टी कार्यालयबाट सुरु हुनेछ। बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य राजेन्द्रसिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

‘राजावादीहरुको आन्दोलन नेकपा एमाले नेतृत्वमाथिको प्रहार हो,’ उनले भने, ‘बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहास पछाडी फर्किने कुरा हुदैन्, जनस्तरबाटै यसको शसक्त प्रतिवाद गर्नु पर्छ।’

एमाले कञ्चनपुरका ईन्चार्ज निरुदेवी पालले सुदूरपश्चिमबाट राष्ट्रिय सन्देश दिन भेलाको आयोजना गरिन लागेको बताईन्। नेकपा एमालेले धनगढीमा विशाल सभा गर्ने तयारी गरेको छ।

सम्बन्धित

Comments are closed.