कञ्चनपुरको बेलौरीमा देखिएको पाटेबाघ नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिईएको छ । बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ मापसेको पाटेबाघलाई आईतवार नियन्त्रणमा लिइएको हो । वनकर्मीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छोलाई मारेको थियो। शनिवार गहुँबारीमा बसेको बाघ आईतवार बिहान त्यसमा देखिएको थिएन।शनिवार बसेको स्थानभन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए।

“बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छौं”, उनले भने।गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मीसहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए।

नियन्त्रण गरिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने ठाकुरले जानकारी दिए। गाउँमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए।

सम्बन्धित

Comments are closed.