कञ्चनपुरका पत्रकारहरुले हातमा कालोपट्टी बाधेर गरे बिरोध

महेन्द्रनगर । सञ्चार कर्ममा रहेका पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन गरिएको छ । कञ्चनपुरका पत्रकारहरुले आईतबार हातमा कालोपट्टी बाधेर बिरोध जनाएका छन् ।

उनीहरु कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाधेर खटिएका छन् । पत्रकार आक्रमण र हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कञ्चनपुरले आह्वान गरेको थियो । सोही अनुरुप कञ्चनपुरको दक्षिणी क्षेत्रमा पनि हातमा कालोपट्टी बाधेर य्राली निकालिएको थियो ।

आईतबार बिहान पत्रकार महासंघ कञ्चनपुरको सभा हलमा एक कार्यक्रम गरि सबैलाई कालोपट्टी प्रदान गरेर बिरोध कार्यक्रमको सुरु गरिएको अध्यक्ष सुरेश धामीले जानकारी दिए ।

केन्द्रको सर्कुलर अनुसार यहीँ चैत्र १५ गते काठमाडौंमा राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्युको विरुद्धमा विरोध प्रर्दशन गरिएको छ ।

त्यस्तै सोही आन्दोलनमा निरंकुश शैलीमा अन्य पत्रकार तथा सञ्चार गृहमाथि आक्रमण भएको भन्दै तत्काल घटनामा संलग्नमाथि कारवाही गर्न माग गर्दै चरणवद्ध रुपमा देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका छन् ।

समाचार संकलनकै क्रममा पत्रकार रजकको हत्या र आमसञ्चार माध्यममा ज्यानै लिने मनसायले गरिएको आक्रमण विरुद्ध देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।

सम्बन्धित

Comments are closed.