महेन्द्रनगर । लक्ष्मण ढकाल नेपाल सरकारका सह सचिव हुन । कुसल प्रशासकका रुपमा छवि बनाएका ढकाललाई सरकारले कञ्चनपुर प्रशासन नेतृत्वको जिम्मेबारी दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा पठाएको हो । यस अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा रहेका सह सचिव नारायण प्रशाद सापकोटालाई गृह मन्त्रालय सरुवा गरेको छ ।
झण्डै एक दशक अघि तत्तकालिन स्थानीय विकास अधिकारी(एडिओ)को जिम्मेबारीमा रहेका ढकाललाई अहिले कञ्चनपुर सिडियोको जिम्मेबारी पाएको छ ।ढकालले झण्डै १० बर्ष अघि जिल्ला विकास समिति कञ्चनपुर (एलडिओ)को जिम्मेबारी पाएका थिए ।
उतिबेला उपसचिव समेत ढकालले एलडिओको जिम्मेबारीमा हुँदा सबै राजनैतिक दल, संघ संस्था एव सरोकारवालापक्षसंग समन्वय गरेर जिल्लाको विकास निर्माणमा कुलसलतापुर्वक जिम्मेबारी निर्वाह गरेका थिए । कुनैपनि पक्षसंग नबिच्चिएर कुटनैतिक रुपमा कार्य सम्पादनको छवि बनाएका थिए ।
यति मात्रै नभई कञ्चनपुरबाट सरुवा भएपछि तराई, पहाड, हिमाल जोखिमयुक्त जिल्लाहरुमा समेत प्रशासककै जिम्मेबारी विवादरहित रुपमा निर्वाह गरेका थिए । पेशागत जिवनमा सफलता पाएका तिनै सह सचिव ढकाललाई सरकारले सीमावर्ती कञ्चनपुरको प्रशासक कमाण्डिङ्गको जिम्मेबारी दिएको छ ।
सीमावर्ती यस तराईको जिल्लामा थुप्रै सीमा विवाददेखिका चोरी तस्करी, लागु औषधको ट्रान्जिट प्वाईन्ट, तीनै तहका सरकारी कार्यालयको कामकाज प्रशासनिक सेवा सुविधान ढिलासुस्ती, सवारी दुर्घटना, सार्वजनिक जमिन अतिक्रमण, समाजिक घटना, निर्मला हत्याकाण्ड सुल्झिएको छैन, विपद् जोखिम लगायतका विवित चुनौती रहेको जिल्लाको रुपमा हेरिएको छ ।
कुसल प्रशासक ढकाल नेतृत्व कार्यकालमा यि चुनौती चिर्दै नागरिकलाई सुरक्षादेखि सार्वजनिक सेवा प्रवाहको अपेक्षा राखिएको छ । ढकालले कञ्चनपुर प्रशासनको नेतृत्व सम्हालेको खबर बाहिरिएपछि राजनैतिक, प्रशासनिक, स्थानीय स्तरबाट स्वागत र बधाईको ओईरो छ ।
कतिपय जिल्लाका अगुवाहरुले कर्मचारीको सरुवा समान्य प्रकृया भित्र पर्ने भएकाले स्वागत बधाईका कार्यक्रम संस्कार, सद्भावनाको रुपमा दिदै कुसल प्रशासकलाई दवाव रहित रुपमा निष्पक्ष, स्वच्छ भएर काम गर्ने वातावरण बनाउनुपर्ने जोडदिएका छन ।
Comments are closed.