डोटीमा मिनी ट्रक पल्टीदा एकको मृत्यु, एक जना घाईते

महेन्द्रनगर । डोटीमा काठ बोक्ने लोड शक्तिमान ट्रक पल्टीदा एकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन ।

जिल्लाको बडीकेदार गाउँपालिका–३ स्थित जनजागरण सामुुदायिक बन अन्त्रगत देउथानको रातो ढुङ्गा भन्ने ठाउँँमा सोमवार अन्दाजी दिउसो १२ बजे तिर बा प्र ०३००१ ख २५३ ङ नम्बरको लोड मिनी ट्रक शक्तीमान अनियन्त्रति भई सडक किनारमा पल्टीदा एकको मृत्यु भएको हो ।

भने एक जना घाईते भएका हुन् । मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोस गुुरुङ रहेको बडीकेदार गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य प्रकाश लामाले बताउनुु भयो ।

सडापडा काठ संकलन गर्दै गर्दा चालक बडीकेदार गाउँपालिका वडा नम्बरर – २ बर्छैन बस्ने बर्ष २९ बर्षको गोपाल बडैलाले चलाएको गाडी दुर्घटना भउको हो ।

सोही घटनामा बडीकेदार गाउँपालिका–३ देवलका ३० वर्षीय लोक बहादुर पल्लीमगर घाइते भएका छन् । घाइते लोक बहादुर पल्ली मगरलाई उपचारका लागी स्थानिय स्वास्थय चौकी मुलेचौर लागीएको प्रहरीले जनाएको छ । भने चालका फरार रहेको र खोजिकार्य भईरहेको प्रहरी चौकी घाङगले जनाएको छ।

सम्बन्धित

Comments are closed.