ओसिस मन्टेस्वरीद्वारा युकेजी विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकीटोलमा रहेको ओसिस मन्टेस्वरीले युकेजी कक्षामा अध्ययनरत विद्यार्थीहरूको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । बुधवार आयोजित उक्त कार्यक्रममा अभिभावकहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

उक्त मन्टेस्वरीमा अध्ययनरत १८ जना युकेजीका विद्यार्थीहरू दीक्षित भएका हुन । दीक्षान्त समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए भने बालबालिकाहरूले आफनो भनाई राख्ने क्रममा अभिभावकहरुको आँखा रसाएका थिए ।

ओसिस मन्टेस्वरीका फाउन्डर प्रिन्सीपल सविना भट्टले विगत ४ वर्षदेखी यस मन्टेस्वरीमा अध्ययनरत विधार्थीहरुको आज दिक्षान्त समारोहको आयोजना गरिएको बताउनु भयो । मन्टेस्वरी विधार्थीहरुको प्रमुख जग रहेको बताउँदै उनिहरुले यहाँ सिकेका र पढेका विषय र अन्य दैनिक जिवनमा प्रयोग गर्ने आनीबानीहरुको पनि समुचित विकास गराई उनिहरुलाई आगामी शैक्षिक यात्रामा सहजता बनाउने काम पनि गरिएको बताउनु भयो ।

ओसिस मन्टेस्वरीले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र हाम्रो उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभएर जीवनोपयोगी सीप र संस्कार पनि सिकाउनु प्रमुख उदेश्य रहेको बताउनु भयो । साथै, बालबालिकाको शिक्षाले समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । अभिभावक भोजराज अवश्थीले यस्ता कार्यक्रमले नानी बाबुहरुलाई हौसला प्रदन गर्ने र आगामी दिनको शैक्षिक यात्रालाई पनि सहजता बनाउने बताउनु भयो ।

उहाँले कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, “बालबालिकाहरूले यहाँबाट धेरै कुरा सिकेका छन् । उनीहरूको आत्मविश्वास र प्रस्तुति देखेर अभिभावकहरू निकै खुसी र गौरवान्वित भएको बताउनु भयो । आगामी दिनहरुमा पनि ओसिस मन्टेस्वरीले यस्ता र अन्य कार्यक्रमको अयोजना गर्दै विद्यार्थीहरुमा थप हौसला र प्रेरणा प्रदान गर्नेमा आफुहरु विस्वस्त रहेको अभिभावकहरुले बताए ।

सम्बन्धित

Comments are closed.